तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं ।संघीय संसद्अन्तर्गतका तीनवटा संसदीय समितिकोे बैठक बस्दै छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बिहान ८ बजे बस्दै छ । बैठकमा नेपाल वायुसेवा निगमबाट हालसम्म भएका कामकारबाहीका सम्बन्धमा छलफल हुनेछ । 

बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शिक्षा सम्बन्धी विषयमा मन्त्रालयबाट भएका काम कारबाही, समस्या र भावी कार्ययोजना तथा समितिसँगको अपेक्षाका बारेमा छलफल हुनेछ । 

बिहानका साढे १० बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । बैठकमा प्रस्तावित महालेखा परीक्षक तोयम रायाको सुनुवाइ प्रक्रिया अघि बढाइने संसद् सचिवालयले जनाएको छ ।