फिफा विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टिम घोषणा

काठमाण्डौँ - बहराइनविरुद्ध हुने फिफा विश्वकप छनोटको खेलका लागि ३३ खेलाडीलाई प्रारम्भिक टिममा बोलाइएको छ ।
नेपालले चैत ८ मा घरेलु मैदानमा र चैत १४ मा बहराइनमा खेल्ने तालिका छ । तर दशरथ रंगशालाको मैदान खराब हुँदा नेपालमा हुने खेलबारे अझै अन्योल छ ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले बिहीबार दुई खेलका लागि टिम घोषणा गरेका हुन् । समूह एचमा रहेको नेपालले यसअघि युएईसँग ४-० र यमनसँग २-० को हार बेहोरेको थियो । युएईसँग अवे र यमनसँग घरेलु मैदानमा खेल भएको थियो ।