रोमाञ्चक खेलमा नेपाल ३ रनले विजयी, फाइनल पुग्ने सम्भावना कायमै

काठमाडौँ - त्रिदेशीय टी-२० आई खेलमा नेपालले पहिलो जित दर्ता हात पारेको छ । टियु क्रिकेट मैदानमा शुक्रबार भएको रोमाञ्चक खेलमा नेपालले ३ रनको रोमाञ्चक जित हात पारेको हो ।