दुबई (हाम्रो खेलकुद) – नेपाल युनिटी कपको तेस्रो तथा अन्तिम खेलमा वेष्टइण्डिजसँग १० विकेटले पराजित भएकोछ । सुरुवाती दुई खेल जित्दै सिरिज जितेको नेपालले अन्तिम खेलमा भने ब्याटिङ र बलिङ दुबैमा राम्रो गर्न नसक्दा पराजित भएको हो । तीन खेलको सिरिज नेपालले २-१ ले जितेको हो ।