काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा एपिएफकी गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा अनुबन्धित भएकी छिन्। राष्ट्रिय टोलीकी पूर्व कप्तान एञ्जिला हाफ सिजनको लागि सेथुसँग जोडिएकी हुन्। उनले यसअघि पनि सेथुबाट भारतीय महिला लिग खेलिसकेकी छिन्।