सिटी रोकियो, आर्सनलको जित

एजेन्सी – एरिक डायरले अन्तिम मिनेटमा पाएको पेनाल्टीमा गोल गरेपछि मोनाकोले म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लिगमा २-२ को बराबरीमा रोकेको छ। एर्लिङ हालान्डले २ गोल गर्दै उत्कृष्ट फर्म जारी राखेपनि सिटी निकाल्नबाट चुक्यो । हालान्डले पहिलो हाफमै दुई गोल गर्दै च्याम्पियन्स लिगमा आफ्नो गोल संख्या ५० खेलमै ५२ पुर्‍याए।