बायर्नको जितमा केनको कीर्तिमान

एजेन्सी – बायर्न म्युनिखले बुन्डेसलिगामा विजय यात्रालाई जारी राखेको छ। हेरी केनले २ गोल गरेको शुक्रवारको खेलमा बायर्नले वेर्डर ब्रेमेनमाथि ४-० को जित निकाल्यो । केन युरोपका शीर्ष ५ लिगमध्ये कुनै क्लबका लागि सबै भन्दा छिटो १ सय गोल पूरा गर्ने खेलाडी बने। इङ्ल्यान्ड कप्तान केनले पहिलो हाफको अन्त्यमा पेनाल्टीमा गोल गरे ।