सुशील पन्त क्षेत्री , चितवन चितवन जिल्ला खेलकुद विकास समितिले बृहत खेलकुद तथा व्यापार महोत्सव आयोजना गर्ने भएको छ । समितिले कात्तिक १८ गतेदेखि महोत्सव गर्न लागेको हो । समितिले आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत नारायण नदी किनारको प्रदर्शनी मैदानमा हुने महोत्सव मंसिर २ गतेसम्म चल्ने जानकारी दिएको छ ।