प्रशिक्षक भट्टको बचाउमा भलिबल संघ

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघले राष्ट्रिय खेलकुद परिषद्का मुख्य भलिबल प्रशिक्षक जगदिश प्रसाद भट्टको बचाउ गर्दै आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ। नेपाली भलिबलका सर्वाधिक सफल प्रशिक्षक भट्टले बुधवार राखेपसँग सम्बन्धित बाहेक भलिबलको सबै भूमिकाबाट अलग हुने निर्णय गरेको सामाजिक सन्जालमार्फत घोषणा गरेका थिए।