काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले शुक्रवार नयाँ लोगो सार्वजनिक गरको छ । साविक विजेता जनकपुरले एनपिएलको दोस्रो संस्करणका लागि पुरानो लोगोमा परिवर्तन गर्दै नयाँ लोगो सार्वजनिक गरेको हो । मधेश प्रदेशको क्रिकेट प्रेम र संस्कारको प्रतिबिम्ब बन्ने यस लोगोले ठूलो, धमाकेदार र उद्देश्यपरक भावनालाई समेट्ने विश्वास लिएका जनकपुरले जनाएको छ।