माछापुच्छ्रे बैंकले दसैँ अगाडि नै शेयरधनीको खातामा ८ प्रतिशत लाभांश जम्मा गरिदिने

काठमाडौं । माछापुच्छ्रे बैंकको शुक्रबार पोखरामा सम्पन्न २७औं वार्षिक साधारण सभाले लाभांश पारित गरेसँगै सेयरधनीहरुलाई दसैँ अगाडि नै प्रतिफल वितरण गर्न सफल भएको छ । चालु आवमा माछापुच्छ्रे बैंक दसैँ अगाडि नै शेयरधनीहरूलाई लाभांश खुवाउन सबैभन्दा पहिले वार्षिक साधारण सभा आयोजना गर्ने बैंक समेत बनेको छ ।