रियलको लगातार छैटौँ जित

एजेन्सी – किलियन एमबाप्पेले पेनाल्टीले २ गोल गरेपछि रियल म्याड्रिडले लेभान्टेलाई ४-१ ले पराजित गर्दै ला लिगाको शीर्षस्थान मजबुत बनाएको छ। २-१ ले रियल अघि रहेको बेला एमबाप्पेले ६४औँ मिनेटमा पेनाल्टीमा पहिलो गोल गरे । एमबाप्पेले २ मिनेटमै अर्को पेनाल्टी गोल गरे । जारी सिजनमा उनको व्यक्तिगत गोल संख्या ७ पुगेको छ।