सरकार द्वारा ३० व्यवसायिक कम्पनीलाई सीआईपी सम्मान

काठमाडौं । सरकारले ३० वटा व्यवसायीक कम्पनीलाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान प्रदान गरेको छ ।उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले सिआइपी सम्मान प्रदान गरेका हुन् ।सीआईपी प्राप्त गर्नेहरुमा २१ व्यावसायिक फर्म तथा कम्पनी रहेका छन् भने निजी क्षेत्रका प्रतिनिधिमूलक नौ संस्थाले मानार्थ सीआईपी प्राप्त गरेका हुन् । व्यवसायीका प्रतिनिधिमूलक संस्थाहरुको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल,  र नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेश कुमार अग्रवाललाई मानार्थ सीआईपी सम्मान प्रदान गरिएको छ ।यी संस्थाहरलाई निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवद्र्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख्य योगदान पु¥याएको भनेर सम्मान गरिएको हो । यस्तै, व्यवसायीका प्रतिनिधिमूलक महासंघतर्फ नेपाल हस्तकला महासंघ र निर्यात व्यवसायी महासंघका अध्यक्षलाई मानार्थ सीआईपी प्रदान गरिएको छ ।यसबाहेक व्यवसायीका प्रतिनिधिमूलक वस्तुगत संघतर्फ नेपाल छुर्र्पी व्यवसायी संघ, झापा, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघ,  नेपाल तयारी पोशाक उद्योग संघ र नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात संघले मानार्थ सीआईपी सम्मान पाएका छन् । उनीहरुलाई तेश्रो मुलुकतर्फ आर्थिक वर्ष २०७९–८० र २०८०÷८१ मा कुल ५ अर्ब वा सोभन्दा बढी निर्यात गरेको आधारमा यो सम्मान प्रदान गरिएको हो । यसैगरी तेस्रो मुलुकतर्फ सबैभन्दा बढी वस्तु निकासी गर्ने अग्रस्थानका पाँच वस्तुहर मध्ये प्रत्येकबाट एक–एक जना व्यवसायीलार्य  सीआईपी सम्मान पदान गरिएको छ ।