‘आइएमई खल्ती लिमिटेड’को सिइओ बने खड्का, कस्तो बन्यो सञ्चालक समिति ?

काठमाडौं । दुई चर्चित डिजिटल भुक्तानी सेवाप्रदायक खल्ती र आइएमई पेले औपचारिक रूपमा मर्जरको घोषणा गरेका छन् । बिहीबार काठमाडौं आयोजित एक विशेष समारोहमा एकीकृत कम्पनी आईएमई खल्ती लिमिटेडको घोषणा गरिएको हो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले एकीकृत कारोबारका लागि आईएमई खल्ती लिमिटेडको इजाजतपत्र नवगठित सञ्चालक समितिलाई हस्तान्तरण गरे ।