काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षरकर्ताको संख्या २४ लाख नाघेको छ । रास्वपाले विहिबार गरेको पत्रकार सम्मेलनमा यस्तो जनाएको हो । हस्ताक्षरकर्ता संयोजक दिपक बोहोराले हस्ताक्षर अझै संकलन क्रममा रहेको र हस्ताक्षर अभियानमा रकम खर्चका लागि रकम उठाउन परेको बताए ।