मोरङ । अर्थमन्त्री रामेश्वर खनालले नोटबन्दी गर्नेबारे भैरहेको चर्चामा सरकारले यसबारे छलफल समेत नगरेको स्पष्ट पारेका छन् । बुधबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले नोटबन्दी गर्ने विषयमा कुनै छलफल नै नभएको जानकारी दिए । उनले अहिलेको अवस्थामा एक हजार र ५०० रुपैयाँको नोट प्रतिबन्ध लगाउने विषयमा कुनै छलफल नभएको प्रस्ट पारे ।