काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो खस्दा देशको आपूर्ति प्रणाली अस्तव्यस्त बन्न पुगेको भन्दै सरकारलाई दिगो समाधान निकाल्न ध्यानाकर्षण गराएको छ । चितवनको इच्छाकामना गाउँपालिकास्थित तुईनखोलामा मंगलबार साँझ ४ देखि ५ बजेसम्म लगातार खसेको भीषण सुक्खा पहिरोका कारण सडक अनिश्चितकालका लागि अवरुद्ध बनेको छ ।