धितोपत्र दोस्रो बजारमा ऐतिहासिक कारोबार, २१ खर्ब नाघ्यो वार्षिक कारोबार

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा नेपालको धितोपत्र दोस्रो बजारले ऐतिहासिक कीर्तिमान कायम गरेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सो वर्ष कुल  २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको कारोबार भएको छ, जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को  ७ खर्ब ३४ अर्ब ६८ करोडको तुलनामा १८९.२३ प्रतिशतले वृद्धि भएको हो।