काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनौपचारिक व्यवसायलाई औपचारिकतामा ल्याउन सके मात्र प्रतिस्पर्धामा जाने वातारण बन्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपालमा औपचारिकीकरणको प्रगति र महत्त्व सम्बन्धी कार्यक्रममा बोल्दै, उनले अनौपचारिक व्यवसायलाई औपचारिकतामा ल्याउनुपर्ने बताएका हुन् ।