काठमाडौं- एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको डिजिटल कन्टेन्ट प्रतियोगिता ‘लीग अफ क्रिएटर्स’ को उपाधि ललितपुरका अमन महर्जनले जितेका छन्। महर्जनले प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै एक वर्षको लागि १० लाख रुपैयाँ बराबरको एनसेल ब्रान्ड डिल प्राप्त गरेका हुन्। प्रतियोगितामा आफूलाई ‘म्याडम्वाजेल क्रिएटर’ का रूपमा चिनाउने काठमाडौंकी प्रभा श्रेष्ठ दोस्रो स्थानमा रहिन्।