भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त

काठमाडौं । नेकपा (एमाले)की राष्ट्रियसभा सदस्य भगवती न्यौपानेसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले म न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् । न्यौपाने राष्ट्रियसभामा एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा छिन् ।