काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञहरूसँग सुझाव लिएर आफू अघि बढ्ने बताएका छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्री पदको शपथ ग्रहणपछि सञ्चारमन्त्रीसँग कुरा गर्दै पुनले राजनीति बाहिरको आफू अपर्झट मन्त्री भएकाले अहिले नै धेरै नबोल्ने बताए ।