काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिंहदरबारमा पदभार ग्रहण गरेका छन् । उनले आफ्नो पहिलो निर्णयमा हस्ताक्षर नगरी कर्मचारीलाई नै फर्काइदिएका छन् । आज शीतल निवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा आएर खरेलले पदभार ग्रहण गरेसँगै कर्मचारीले ल्याएको पहिलो निर्णयमा हस्ताक्षर गरेनन् ।