सञ्चार मन्त्री खरेलेकाे पहिलाे निर्णयः ५ महिनाभित्र प्रमुख १० शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने

काठमाडौं ।नयाँ नियुक्त सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहणसँगै पहिलो निर्णयस्वरूप ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेका छन्। आजै मन्त्रालयको पदभार ग्रहण गर्ने क्रममा मन्त्री खरेलले कर्मचारीले तयार पारेको प्रस्तावमा केही थप गराउन निर्देशन दिँदै उक्त निर्णयलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गरेका हुन्।