शहीद परिवारलाई रोजगारी र पुर्नर्निमाणमा स्वदेशी उत्पादन प्रयोग गर्ने उद्योगमन्त्री सिन्हाको निर्णय

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले जेनजी आन्दोलनका क्रममा क्षति भएका भवन निर्माण गर्दा सकेसम्म स्वदेशी सामग्री नै प्रयोग गर्नेसम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । उस्तै उनले शहीद परिवारका सदस्य र आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूका लागि रोजगारीको व्यवस्था गर्ने निर्णय गरेका छन् ।