काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ ( क्यान) ले आज मलेसियाविरुद्धको टि ट्वान्टी सिरिजका लागि राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ। अनुभवी खेलाडी सीता राना मगरले टोलीमा पुनरागमन गरेकी छिन्। यसअघिको टोलीमा ५ खेलाडी परिवर्तन गरिएको छ। सीता चोटका कारण लामो समय मैदान बाहिर थिइन्।