मर्सीसाइड डर्बीमा लिभरपुल विजयी

एजेन्सी – साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शत प्रतिशत जितको यात्रा कायम राख्ने क्रममा छिमेकी प्रतिद्वन्द्वी एभर्टनलाई हराएको छ । लिभरपुलले घरेलु मैदान एन्फिल्डमा भएको मर्सीसाइड डर्बी २-१ ले जितेको हो । लिभरपुलको जितमा रायन ग्राभनबर्क र ह्युगो एकिटिकेले गोल गरे । खेलको दशौं मिनेटमा लिभरपुलले ग्रभनबर्कको गोलमा अग्रता लियो ।