रियल म्याड्रिडको जितमा एमबाप्पेको गोल

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा शत प्रतिशत जितलाई निरन्तरता दिएको छ। रियलले एस्पानियोललाई २-० ले पराजित गर्दै लिगा सिजनमा लगातार उत्कृष्ट सुरुवातलाई कायम राखेको छ। घरेलु मैदान बेर्नाबेउमा पहिलो गोल एदर मिलिटाओले २२ औं मिनेटमा टाढाबाट प्रहार गरेको शानदार गोलमा परिणत भएको थियो।