सरकारको एक वर्षः प्रधानमन्त्रीको दाबीलाई एनडेकको ऐना, अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष साउन ६ गते संसद्मार्फत दुई सत्तारूढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको सातबुँदे सहमति सार्वजनिक गरेका थिए । उक्त सहमतिमा संविधान संशोधन, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, विकास निर्माणका काममा तीव्रताजस्ता महत्वपूर्ण बुँदाहरु थिए ।