काठमाडौं। नेपाली कांग्रेसका नेता एवं सांसद डा.सुनिलकुमार शर्माले पार्टीभित्र प्रतिशोधपूर्ण र औचित्यहीन गतिविधि बढेको बताएका छन् । पार्टी नेतृत्व फरक मत राख्नेहरुलाई सिध्याउनेगरी अघि बढेको उनको आरोप छ । उनले पार्टीको क्रियाशील सदस्यता लिने र नवीकरण गर्नेहरुको संख्या न्यून हुँदै गएकोमा दुःख समेत व्यक्त गरे ।