‘नारायणघाट–बुटवल सडकअन्तर्गत दाउन्ने खण्डको समस्या समाधानउन्मुख छ’

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र पौडेलले नारायणघाट–बुटवल सडकअन्तर्गत पर्ने दाउन्ने खण्डको समस्या समाधानउन्मुख रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले राखेको प्रश्नको जवाफ दिँदै उनले अब उक्त क्षेत्रमा ठूलो पानी परेर समस्या नभएमा सडक निर्बाध सञ्चालनमा आउने बताए ।