वल्र्ड भिजन सहकारीको १४औं साधारण सभा सम्पन्न

ललितपुर । वल्ड भिजन बहुउद्देश्यीय सहकारी संस्था लि। सातदोबाटोको १४औं वार्षिक साधारण सभा डिलाइट भेन्युमा सभापति चेतनाथ बजगाइको अध्यक्षतामा तथा धेरै सदस्य भित्र्याउन सफल उत्कृष्ट सदस्य केशब गजुरेलको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रमको उद्घाटन “खुत्रुकेमा पैसा जम्मा गरेर बचत गर्ने बानीको विकास होस्” भन्ने उद्देश्यका साथ गरिएको थियो।