काठमाडौं ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले गम्भीर असन्तोष प्रकट गरेको छ। नयाँ मौद्रिक नीति अटोमोवाइल व्यवसायीहरूको अपेक्षाभन्दा धेरै टाढा रहेको नाडाले जनाएकाे छ। नीति निर्माणको क्रममा अटोमोवाइल क्षेत्रले दिएका सुझावलाई बेवास्ता गरिएको भन्दै नाडाले गुनासो गरेको हो।