पुनःनिर्माण कोषमा जनप्रतिनिधि र कर्मचारीको करिब साढे ११ लाख सहयोग

सुर्खेत । जुम्लाको हिमा गाउँपालिकाले जेन–जी पुस्ताको आन्दोलनबाट भएको क्षतिको पुननिर्माणका लागि साढे ११ लाख रुपैयाँ राष्ट्रिय पुनःनिर्माण कोषमा जम्मा गर्ने भएको छ । गाउँ कार्यपालिकाको बैठकले मुलुकको पुनःनिर्माणमा पालिकाले उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । बैठकले गाउँपालिकामा कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरूको तलब भत्ताबाट योगदान संकलन गर्ने निर्णय लिएको हो ।