काठमाडौं । बजाजले काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि ‘बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ। असोज ३ गतेदेखि ८ गतेसम्म चल्ने यस मेलामा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्न सक्नेछन्। मेलामा विभिन्न ब्रान्डका बाइक ल्याएर पनि बजाजसँग साट्न सकिने व्यवस्था गरिएको छ।