काठमाडौं । नेपालीहरुको महान् चाड बडादसैँ नजिकिएसँगै बजारमा चंगाको व्यापार सुरु भएको छ । दशैँसँग चंगाको सम्बन्ध गहिरो हुन्छ । खुल्ला आकाशमा रंगीबिरंगी चंगाहरु उड्न थालेपछि दशै नजिकिएको महसुस गर्न सकिन्छ । यस बर्ष तुलनात्मक रुपमा नेपाली बजारमा चंगाको व्यापार बढ्न थालेको छ ।