काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ र २५ गते देशको सबैभन्दा ठूलो सामान स्टोर भाटभटेनीको १६ बढी स्टोरमा व्यापक क्षति पुगेको छ । यस्तै १२ वटा स्टोरमा आगजनी ,लुटपाट र तोडफोडबाट पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् । आन्दोलनका क्रममा भाटभटेनीका कोही पनि कर्मचारीलाई कुनै असर नपरेको कम्पनीले जनाएको छ ।