विद्यार्थीको भविष्य सुनिश्चित गर्न ग्यारेन्टी लिने – नेपाल मेगा कलेज

काठमाडौं । यतिबेला एसइई दिएका विद्यार्थीहरुलाई चौतर्फी दुविधा छ, पहिलो के पढ्ने, कहाँ पढ्ने र कस्तो पढ्ने ? हुन पनि यो समयको एउटा सानो निर्णयले जीवनको कोरेटोको मार्ग निर्देशन गर्छ । सही शिक्षा, रुचि र व्यवहार भए मात्र जिन्दगीको आगामी यात्रालाई सहज र अहिलेको आधुनिक प्रतिस्पर्धाको युगमा समाहित गर्नका लागि प्रमुख भूमिका खेल्छ ।