डिशहोमले ल्यायो नेपालको पहिलो भर्चुअल ग्राहक प्रिभिलेज कार्ड,२५% सम्मको छुट

काठमाडौं । डिशहोमले इन्टरनेट र डिजिटल टेलिभिजन सेवाका ग्राहकहरूलाई लक्षित गर्दै नेपालमै पहिलो पटक भर्चुअल ग्राहक प्रिभिलेज कार्ड सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले आफ्नो मोबाइल एप “माइ डिशहोम एप” मार्फत यो विशेष सेवा छिट्टै सुरु गर्ने भएको हो।