बाबरको स्थान लिएका सैम लगातार तेस्रो खेलमा डक आउट

एजेन्सी – पाकिस्तानका सर्वाधिक सफल टि ट्वान्टी ब्याटर बाबर आजमको स्थान लिँदै टोलीमा परेका ओपनर सैम अयुब एसिसी टि ट्वान्टी एसिया कपमा लगातार तेस्रो खेलमा डक आउट (शून्य) भएका छन् । दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ओपनर सैम अयुबलाई पाँचौं बलमै गुमायो ।