बागमती प्रदेशसभा आगामी आर्थिक वर्ष बजेट बहुमतले पारित

बागमती । बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट बहुमतले पारित भएको छ । आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र ‘विनियोजन विधेयक,२०८१’ बहुमतले पारित गरेको हो । बैठकले प्रदेश सरकारको बजेटको पुरक प्रस्ताव समेत स्वीकृत गरेको छ ।