प्रर्दशनकारीले लुटे राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट ५ करोड नगदसहित १८ केजी सुन

काठमाडौं । जेनजी आन्दोलनकर्ताहरुले बैंकका शाखाबाट ठूलो परिमाणमा सुन र नगद रकम लुटपाट गरेका छन् । यही भदौ २३ र २४ गते भएको हिंसात्मक प्रर्दशनका क्रममा नयाँबानेश्वरस्थित संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट ५ करोड रुपैयाँ नगद चोरी भएको छ । सोही शाखाबाट १८ केजी सुन समेत चोरी भएको छ ।