सात अर्ब बढी लागतको सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ६१ प्रतिशत, मुख्य टनेलबाट सात महिनाभित्र सवारी गुडाउने दाबी

तानसेन (पाल्पा) । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणधीन सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सकिएको छ । सुरुङ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो । हालसम्म लाइनिङ र ढलानको काम सकिएको सद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख दूध अधिकारीले जानकारी दिए ।