आपराधिक समूहद्वारा लुटिएको सुनचाँदीको गरगहना किनबेच नगर्न प्रहरीको अनुरोध

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले बिना बिलबिजकको सामान किनबेच नगर्न सबैमा अनुरोध गरेको छ। जेनजीको प्रदर्शनकाक्रममा आपराधिक समूहद्वारा लुटिएका गरगहना बिक्री गर्न सुनचाँदी पसलमा ल्याउन सक्ने भएकाले बिल भर्पाइ बिनाका सुनचाँदीका गरगहना खरिद नगर्न अनुरोध गरेको हो ।