‘दोधारा–चाँदनी सुक्खा बन्दरगाहको ठेक्का लागिसक्यो छिट्टै काम सुरु हुन्छ’

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुने बताएका छन् । आज सुक्खा बन्दरगाह निर्माणस्थलको अवलोकन गर्दै उनले बन्दरगाह निर्माणका लागि ठेक्का स्वीकृत भइसकेकाले अब छिट्टै काम सुरु हुने जानकारी दिए । गृहमन्त्री लेखकले भने, “बन्दरगाहमा आवश्यक संरचना निर्माणका लागि ठेक्का स्वीकृत भइसकेको छ।