एलएस अटोको ‘एलईभी–०१’अल ह्वील ड्राइभ मोडल साउनदेखि नेपाली बजारमा पाइने

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी एलएस अटोद्वारा निर्मित पहिलो ‘एलईभी–०१’को अल ह्वील ड्राइभ मोडल आगामी साउनदेखि नेपाली बजारमा सार्वजनिक हुने भएको छ । कम्पनीले यसलाई एलईभी–एक्स नाम दिएर ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा सार्वजनिक गर्न लागेको हो।