कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से, नेपाल फाइनान्सको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार अघिल्लो दिनको तुलनामा कारोबार रकम केहि घटेपनि नेप्से परिसुचक २७ सय बिन्दु माथि पुगेको छ । बुधबार ३४.४२ अंकले बढेर २६९४.८२ अंकमा पुगेर रोकिएको नेप्से आज ९.१४ अंकले बढेर २७०३.९६ बिन्दुमा पुगेर रोकिएको हो । यद्यपी, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केहि घटेको छ ।