बाफिया विधेयमा बैंकर र व्यवसायी छुट्याउनेमा समिति सांसदकै दुईधार, बैंकहरुको शाखा विदेशमा खोल्ने व्यवस्था हुनुपर्ने माग

काठमाडौं । सांसदहरुले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) विधेयक हतारमा संशोधन गर्ने भन्दा विधेयमाथि पर्याप्त छलफल आवश्यक रहेको औंल्याएका छन् । सरकारले बाफिया विधेयकमा पुनर्लेखन आवश्यक नभएको र छिटो पारित गर्नुपर्नेमा जोड दिएपछि सांसदहरु भने पर्याप्त छलफल सँगै आवश्यक परे पुर्नलेखन गर्नुपर्ने पक्षमा उभिएका छन् ।