दिपक खड्काले स्थापना गरेको प्राधिकरणको कार्यकक्ष हटाउन कुलमानको निर्देशन

काठमाडाैं । निवर्तमान उर्जा मन्त्री दिपक खड्काले नेपाल विद्युत प्राधिकरणमा स्थापना गरेको कार्यकक्ष हटाउन वर्तमान उर्जामन्त्री कुलमान घिसिङले निर्देशन दिएका छन् । प्राधिकरणको  संचालक समितिकाे अध्यक्षको कार्यकक्ष आवश्यक परेको भन्दै खड्काले नयाँ कार्यकक्ष खोलेका थिए । कुलमान घिसिङ प्राधिकरणको अध्यक्ष हुँदा मतभेद देखिपछि उनले त्यही कार्यकक्ष खोलेका थिए ।