सहुलियत मूल्य पसलमा आर्कर्षित उपभोक्ता, खाद्यले यसपाली दशैंमा खसी–बोका वितरण नगर्ने

काठमाडौं । जेनजी आन्दोलनका कारण देशमा विषम परिस्थिति निम्तिएपनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व लक्षित सहुलियत मूल्यको पसलहरु हिजोदेखि संचालनमा ल्याएको छ । कम्पनीले दाल चामल तथा अन्य खाद्यन्नका सामग्रीहरु धमाधम बिक्री गरिरहेको छ । वातावरण अनुकूल नभएकाले उपभोक्ताहरुको उपस्थिति नभएपनि कम्पनीले सेवा विस्तार गरेको हो ।